प्रहरीका १५ कर्मचारी बेपत्ता, एक साताभित्र सम्पर्कमा नआए जागिर चट् !


काठमाडौं – नेपाल प्रहरीका दुई जना प्रहरी हवल्दारसहित १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

गैर हाजिर हुनेमा दुई जना हवल्दार, दुईजना सहायक हवल्दार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया