
नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
विराटनगर – विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको जानकारी चुँडालले दिइन् ।



कागजपत्र |
