
भक्तपुरमा ७ राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ
भक्तपुर- भक्तपुरको मध्यपुर ठिमी–१, लोकन्थलीस्थित सकुम्बासी बस्तीबाट सात राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन्।
विक हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए। उनको साथबाट ५६ केएफ १३ अंक लेखिएका सात राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले ती गोली जेन–जी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला अदालत भक्तपुरबाट चार दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको डीएसपी जवेगुले जानकारी दिए।



कागजपत्र |
