
जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानेन्द्र शाही
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् ।
बुधबार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए ।
जेनजीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए । गैरदलीय स्थानीय तह नहुने पनि जेन जीकै मागहरु रहेको बताए ।
देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरु वाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको बताए ।



कागजपत्र |
