जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक


काठमाडौं-  गत भदौ २४ गतेको जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका छन् । देउवा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि उनी र उनकी पत्नी सांसद आरजु राणा देउवा घाइते भएका थिए । नेपाली सेनाले त्यसबेला दुवै जनालाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो ।

त्यसपछि देउवा सार्वजनिक रूपमा देखिएका थिएनन् । आन्दोलनको दिनदेखि उनी स्वास्थ्य उपचारमा रहेका थिए ।

प्रतिक्रिया