
देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी सुम्पिए
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले खड्कालाई औपचारिक रूपमा कार्यवाहकको जिम्मा सुम्पिएको घोषणा गरेका हुन् ।
देउवा भदौ २४ गतेको जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन् । आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा आक्रमण हुँदा उनी घाइते भएका थिए ।
बैठकमा सम्बोधन गर्दै देउवाले भने, “१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । अहिले पार्टी सञ्चालनका लागि कार्यवाहक पूर्णबहादुर खड्कालाई जिम्मेवारी हस्तान्तरण गर्छु।”
पार्टी स्रोतका अनुसार अब कांग्रेसका सबै दैनिक राजनीतिक तथा संगठनात्मक कार्य खड्काको नेतृत्वमा सञ्चालन हुनेछन् ।



कागजपत्र |
