भेरी नगरपालिकाका पूर्व अधिकृत घर्तीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं— जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध गैरकानूनी लाभ उठाउँदै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनामाथि मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार कारागार रानागाउँ–नेट्टेबजार सडक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी आर्थिक लाभ लिएको प्रमाणित भएपछि उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

भेरी नगरपालिकाले उक्त सडक निर्माणका लागि करीब २ करोड ८० लाख रुपैयाँ बराबरको लागत स्वीकृत गरेको थियो। ठेक्का प्रक्रिया र रकम भुक्तानीमा अनियमितता गरेको ठहरपछि उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया