
जेन-जी प्रदर्शनका क्रममा लुटिएको थ्रीनटथ्री राइफल दमकमा फेला
काठमाडौं- दमक नगरपालिका-५ धनेश्वर मन्दिरको गेटनजिकैबाट थ्रीनटथ्री राइफल बरामद भएको छ।
प्रहरीका अनुसार जेन-जी आन्दोलनको दिन भदौ २५ गते इलाका प्रहरी कार्यालयबाट लुटिएको उक्त हतियार मन्दिरको गेटनजिकै भेटिएको हो।
बेवारिसे अवस्थामा बन्दुक देखेपछि स्थानीयले आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा गएको टोलीले हतियार ल्याएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
उक्त राइफल आन्दोलनकै क्रममा दमकबाट लुटिएको पुष्टि भएको र थान १ म्यागजिन समेत फेला पारेर ल्याइएको खड्काले बताए। हतियार कसले छोडेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
