
म्यानमारमा अलपत्र दुई नेपाली युवककाे दूतावासमार्फत उद्धार
काठमाडौं- थाइल्याण्डस्थित नेपाली दूतावासले म्यानमारमा अलपत्र परेका दुई नेपाली युवाको सफलतापूर्वक उद्धार गरेको छ।
अनलाइन स्क्यामिङमा लगाइएका ती नेपालीलाई दूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएको जानकारी दूतावासले दिएको छ। उद्धार भएका दुवैलाई आजै नेपाल फर्काइएको छ।
यससँगै दूतावासले नेपाली युवाहरूलाई सरकारको तोकिएको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। साथै, छिटो धेरै पैसा कमाउने प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकतर्फ नजान समेत सबैलाई चेतावनी दिएको छ।



कागजपत्र |
