
प्रधानमन्त्रीले मन्त्री बन्न आग्रह गर्दा डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर आउँदिन’
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छिन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले मन्त्री बनाउन सक्ने सम्भावनाबारे चर्चा चलिरहेका बेला भएको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै डा. रुइतलाई आफ्नो क्याबिनेटमा सहभागी हुन आग्रह गरेकी थिइन्। तर, डा. रुइतले अस्पताल र बिरामीलाई छाडेर राजनीति सम्भव नभएको स्पष्ट पारे।
‘यहाँ छोडेर आउने ? यत्रो छ काम, बिरामीलाई छाडेर आउँदिन,’ सञ्चारकर्मीले क्याबिनेटमा प्रवेशबारे सोध्दा डा. रुइतले जवाफ दिए। उनले आफू सरकारलाई बाहिरबाट सहयोग गर्न तयार भए पनि प्रत्यक्ष रुपमा मन्त्री बन्ने सोच नभएको बताए।



कागजपत्र |
