
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए प्रचण्ड
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन्। केही दिन सैनिक ब्यारेकमा रहेर सुरक्षित बसाइँ गरेका प्रचण्ड मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय पुगे।
२४ भदौमा जेनजी आन्दोलनकारीहरूले तोडफोड र आगजनी गर्दा खण्डहर बनेको पार्टी कार्यालय अवलोकन गर्दै प्रचण्डले सहिद स्मारकमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे।
उनको अवलोकन कार्यक्रममा माओवादी केन्द्रका अन्य नेताहरू पनि सहभागी थिए। कार्यालय हेरेपछि प्रचण्डले अब आफ्नै बलबुतामा नयाँ भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरे।
आठ दिनको मौनता तोड्दै सार्वजनिक भएका प्रचण्डको पेरिसडाँडा भ्रमणलाई पार्टीका नेता–कार्यकर्ता मात्र होइन, राजनीतिक वृत्तले पनि ध्यानपूर्वक हेरेको छ।



कागजपत्र |
