आन्दोलनकारीलाई स्टाटस लेखेर थप उत्तेजित बनाउने वडाध्यक्ष पक्राउ


पोखरा – २४ भदौको जेन–जी आन्दोलनका क्रममा निजी तथा सरकारी संरचना तोडफोड र आगजनी भइरहेका बेला स्टाटस लेखेर आन्दोलनकारीलाई थप उत्तेजित बनाएको आरोपमा पर्वत फलेवास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका छन्।

पर्वत प्रहरी प्रमुख डीएसपी रविन विष्टका अनुसार, आन्दोलनकारीलाई भड्काउने कार्य वडाध्यक्षले गरेपछि पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार मुद्दा अघि बढाइएको हो। अनुसन्धानका लागि तिवारीविरुद्ध म्याद थप गर्ने तयारी भइरहेको छ।

प्रहरीका अनुसार, तिवारीले पर्वतका बालुवा तस्करहरूको संरक्षण गर्ने र उजुरी दिए पनि कारबाही नगर्ने डीएसपी विष्टलाई फेसबुक स्टाटसमा उल्लेख गर्दै जेन–जी आन्दोलनबाट प्रतिशोध हुने आशा व्यक्त गरेका थिए।

 

प्रतिक्रिया