प्रहरी वृत्त महाराजगञ्जका असईसहित २ प्रहरीको मृत्यु


काठमाडौं- प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

अन्य कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

प्रतिक्रिया