आईजिपी खापुङलाई पूर्वप्रहरी अधिकृतको सुझाव, ‘फोटा खिचाएर फलानो दाई भन्नेहरुलाई निरुत्साहित गर्नुस्’


काठमाडौं – नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अधिकृत आभूषण तिम्सिनाले नवनियुक्ति प्रहरी महानिरिक्षक (आईजीपी) लाई सुझाव दिएका छन् ।

छोटो समयका लागि आईजिपी बनेका चन्द्र कुबेर खापुङलाई सामाजिक सञ्जालमार्फत् लेख्दै तिम्सिनाले छोटो समयअवधि रहेको हुनाले भौतिक सुधारका लागि कम ध्यान दिँदै पेशागत व्यावसायिका लागि अनुरोध गरेका छन् ।

तिम्सिनाले लेखेका छन्, ‘प्रहरीका अस्थायी पोष्टहरु जसको दरवन्दी आएको छैन अथवा पटक-पटक माग्दा पनि सरकारले दरवन्दी स्वीकृत गर्दैन ति स्थानहरुबाट यदि नयाँ दरवन्दि स्वीकृत सरकारले गर्दैन भने तत्कालै प्रहरी हटाउने आदेश दिनुस। दरवन्दी भन्दा कम रहेका प्रहरी इकाइहरुमा दरवन्दि पुर्ती गर्ने तत्काल थालनी गर्नुस। सरुवा बढुवा नगर्नुस तर दरवन्दीका मानिसलाई दरवन्दीमा खटाउने कार्यको कडाइका साथ शुरुवात गर्नुस। प्रहरी एैन र नियमावलिले दिएका अधिकारहरुको प्रयोग, सदुपयोग, उपयोग गर्न शुरुवात गर्नुस।’

उनी अगाडी लेख्छन्, ‘बिबादास्पद मानिसहरुसँग सामाजिक सञ्जालमा तस्बिरहरु आउन सक्छन, ति प्रति सचेत हुनुस। फोटा खिचाएर फलानो दाइ र भाउजु, फलानो अंकल भनेर सामाजिक सञ्जाल भर्नेहरुलाई निरुत्साहित गर्नुस।’

उनको फेसबुकको स्टाटसः

नवनियुक्त आइजिपिलाई सुझाब

आइजि साब!

२ महिनामा धेरै केहि गर्न सकिदैन। पहाड पल्टियो भने मात्रै हो नत्र म्याद लम्बिने पनि सम्भावना देखिदैन। तपाइले बनाउँछु भनेको किरिया पुत्री भवन त शुरु पनि हुन्छ कि हुदैन थाहा छैन। तपाइले भौतिक सुधारका कुरामा ध्यान कम तर पेशागत ब्याबसायिकताको बिषय सुधारमा धेरै ध्यान दिनु उपयुक्त हुन्छ। जस्तै अहिले नेपाल प्रहरीका मुद्दा अनुसन्धान गर्ने कार्यालयहरुमा हजारौंको संख्यामा जघन्य, गम्भिर प्रकितिका मुद्दाहरु पेण्डिङमा छन। तिनको अबिलम्ब अनुसन्धान शुरुवात गराउने निर्णय गर्नुस। नेपाल प्रहरीका गाडिहरुको प्रदुषण पास गराउने काम गर्नुस। गाडिहरुको दर्ता नवीकरण कार्य शुरुवात गराउनुस। सबै सरकारि सवारी साधनहरुको विमा अद्याबदिक गराउनुस। म्याद नाघेका अश्रु ग्याँस सेलहरुलाई तत्कालै नष्ट गराउने काम गर्नुस। प्रहरीका सबै चौकि तहका इकाइहरुमा फलोवर्स राख्न शुरुवात गर्नुस ताकि दुरदराजको स्थानमा कार्यरत जवानहरुले तातो भात समयमा खान पाउन। प्रहरीका अस्थायी पोष्टहरु जसको दरवन्दी आएको छैन अथबा पटक पटक माग्दा पनि सरकारले दरवन्दी स्वीकृत गर्दैन ति स्थानहरुबाट यदि नयाँ दरवन्दि स्वीकृत सरकारले गर्दैन भने तत्कालै प्रहरी हटाउने आदेश दिनुस। दरवन्दी भन्दा कम रहेका प्रहरी इकाइहरुमा दरवन्दि पुर्ती गर्ने तत्काल थालनी गर्नुस। सरुवा बढुवा नगर्नुस तर दरवन्दीका मानिसलाई दरवन्दीमा खटाउने कार्यको कडाइका साथ शुरुवात गर्नुस। प्रहरी एैन र नियमावलिले दिएका अधिकारहरुको प्रयोग, सदुपयोग, उपयोग गर्न शुरुवात गर्नुस। अहिले समाजिक सञ।जालमा बग्रेल्ती आउने गरेका खापुङ यस्ता , खापुङ उस्ता भनेर आउने बेकारका बस्तुहरुलाई सकेसम्म कम गराउनुस। बिबादास्पद मानिसहरुसँग सामाजिक सञ्जालमा तस्बिरहरु आउन सक्छन, ति प्रति सचेत हुनुस। फोटा खिचाएर फलानो दाइ र भाउजु, फलानो अंकल भनेर सामाजिक सञ्जाल भर्नेहरुलाई निरुत्साहित गर्नुस। पुलिसले खाना बनाउन तोकेको सुचना, फ्लस गर्न तोकेको सुचना जस्ता कुराहरु हटाउनुस( नेपाली जनता सबैले तपाइको घरमा मेरो घरमा जस्तो समयमै पकाएर खान सक्ने अबस्ता छैन, काम बाट फर्किएर हतार हतार खाना बनाएर खाएर अर्को बैकल्पिक काममा जानुपर्ने बाध्यतामा जनता छन होइन भने खोज्नुस त नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत धेरै जसो प्रहरी कर्मचारिहरु सहायक कामको रुपमा अन्य काम गर्छन कि गर्दैनन। नेपाल प्रहरीको काठमाडौ स्थित तालिम केन्द्र, गण, परधान कार्यालयमा कार्यरत कर्मचारिहरु मध्ये कति त सरुवा बएर काठमाडौ छाड्नुरपर्ने भयो भने जागिर नै छाड्ने भन्छन किन? किनकि पुलिसको मात्रै जागिरले उनीहरुको परिवार चल्दैन त्यसैले यहाँ कुनै पेशा गरेका छन। त्यसैले कुकरको सिठिको समय र फ्लसको समय तोक्ने काम बन्द गराउनुस। काठमाडौका सडकमा गुड्ने ट्याक्सी र मोटरसाइकलका चालकहरुलाई चेकिङको नाममा दिइने दुख दिन बन्द गर्नुस। यदि बन्द नगर्ने हो भने कमसेकम करोड हाराहारिमा या करोड भन्दा माथिका गाडिहरुलाई पनि रोकेर कागजपत्र हेर्नुपर्ने नियमको थालनी गर्नुस। “करोड भन्दा माथिका गाडि रोक्नै डराउने, कमजोर नागरिकका सवारि साधनलाई चोकै पिछे समाउने” प्रबृत्तिको अन्त्य गर्नुस। प्रहरीका हाकिमका गाडिहरुले रेड लाइट पालना नगर्ने, मन्त्री र उच्च पदस्थहरुले रेड लाइटको पालना नगर्ने प्रबृत्तिको अन्त्य गराउनुस किनकि रेड लाइट पालना गर्नेै नपर्ने भनेको शव बाहन, एम्बुलेन्स, दमकल, इमरजेन्सी बालेका बिरामी बोकेका गाडिहरु, कुनै फिल्ष स्तरमा खटिएको नेपाल प्रहरीको गाडिले मात्रै रेड लाइटको पालना गर्नु पर्दैन इमरजेन्सि परेको अबस्थामा। सारा नागरिकलाई रेड लाइट बालेर रोक्ने अनि मन्त्री, सचिब, उच्च पदस्थ र प्रहरीका हाकिमका गाडिहरुले रेड लाइट पालना नगर्ने कुसंस्कारको अन्त्य गराउनुस। गृह मन्त्रालय या अन्य स्तानमा काम नपरि नजाने बरु यो २ महिना प्रहरीकै समस्या खोज्नमा लगाउँछु भनेर आबश्यक पर्दा मात्रै अन्य निकायमा जाने प्रतिबद्धता व्यक्त गर्नुस। प्रहरीका समस्या खोज्नुस, समाधानका उपाय खोज्ने तिर लाग्नुस खापुङ साब यो दुइ महिनामा। हिजो सम्म दिपक थापा हाइ हाइ भन्नेले आज हेर्नुस त दिपक थापालाई छाडिसके, भोली तपाइलाई पनि छाड्नेछन तर तपाइले शुरुवात गरेका राम्रा संस्कारलाई कसैले बिर्सिने छैनन। जय होस।

प्रतिक्रिया