रहिनन् वरिष्ठ गायिका इन्दिरा गुरुङ


काठमाडौं – वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।

२ वर्षदेखि क्यान्सरबाट पीडित इन्दिराको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली लोक, आधुनिक, र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन्। उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। उनका दुई छोरी छन् भने श्रीमानको निधन भैसकेको छ ।

प्रतिक्रिया