सशस्त्र प्रहरीमा कारबाही: सन्तोषजनक काम नगर्ने एसपीसहित १६ कमान्डरकाे जिम्मेवारी खोसियो


काठमाडौं – सीमा भन्सारमा राजस्व संकलन र कार्यसम्पादन कमजोर देखिएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपीसहित १६ जनालाई जिम्मेवारीबाट हटाइएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आइतबार प्रधान कार्यालयले १ एसपी, १ डीएसपी, ७ इन्सपेक्टर, ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट फिर्ता पठाएको हो।

यस क्रममा रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणका उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमान्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई जिम्मेवारीमा पठाइएको छ।

बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ।

पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका निरीक्षक सन्जीव बानिया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका नायव निरीक्षक झक्कुप्रसाद ओली पनि जिम्मेवारीबाट हटाइएका छन्।

पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो।

 

प्रतिक्रिया