बालिकालाई बलात्कार गरेकाे आरोपमा ७१ वर्षीय वृद्धसहित दुईजना पक्राउ


झापा- झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन्।

पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया