कालोपुलबाट ६ करोड बराबरको क्रिप्टोमा संलग्न समूह समातियो


काठमाडौं – ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र सोही उमेरका मुन्ना जयसवाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार उनीहरूलाई काठमाडौंको कालोपुल क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार नगद समेत बरामद गरेको छ।

प्रहरी अनुसन्धानमा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको तथ्य फेला परेको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया