
सफ्टवेयर कम्पनीको सोर्स कोड चोरी आरोपमा दुई युवक पक्राउ
काठमाडाैं- सफ्टवेयर कम्पनीको सोर्स कोड चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन्। उनीहरूलाई साइबर ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो।
बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उद्देश्यले उनीहरूले सोर्स कोड चोरी गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए।
घटनासम्बन्धमा थप अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट उनीहरूलाई ५ दिनको म्याद थप गरिएको ब्यूरोले जनाएको छ।



कागजपत्र |
