५० वर्षीया महिलामाथि बलात्कार गरेकाे आरोपमा ४२ वर्षीय युवक पक्राउ


बर्दिया- ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पुरुष पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका–६ खल्ला गाउँका ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरेको जानकारी दिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया