फैसला कार्यान्वयनमा आक्रामक नेपाल प्रहरी, एक महिनामै समातिए २६३५ फरार प्रतिवादी


काठमाडौं –नेपाल प्रहरी पछिल्ला दिनमा फैसला कार्यान्वयनका लागि आक्रामक रुपमा प्रस्तुत भएको आभाष हुन थालेको छ । असार महिनामा मात्रै फैसला कार्यान्वयनका क्रममा दोषी ठहरिएका २६३५ जना फरार दोषीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले साढे ११ करोड जरिवाना उठाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा फरार प्रतिवादीहरु पक्राउ परेका छन् । मधेशमा मात्रै ६२९ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले उपत्यकाबाट ५५४ फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोले पनि १४ जना फरार प्रतिवादीहरुलाई  पक्राउ गरेको छ ।

एक महिनाको अवधिमा ११ करोड ५१ लाख १८ हजार ९९१ रुपैयाँ जरिवाना उठाएको प्रहरीले उपत्यकाबाट पक्राउ परेकाबाट मात्रै ५ करोड १० लाख ७९ हजार १३१ रुपैया जरिवाना उठेको छ ।

प्रतिक्रिया