
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै
काठमाडौं — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ।
सोमबार दिउँसो १ बजे हेटौंडामा बैठक बस्ने तय भएको हो। गत शुक्रबार २१ जना सांसदहरूले संसदीय दल नेता बहादुर सिं लामा तामाङविरूद्ध हस्ताक्षर बुझाएका थिए। त्यसपछि संसदीय दलको बैठक आह्वान भएको हो।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये दल नेता तामाङको विरूद्धमा २१ जना उभिएका छन् भने उनको पक्षमा १६ जना सांसद छन्।
बागमती कांग्रेसमा मतभेद देखिएपछि सभापति शेरबहादुर देउवाले सहजीकरणका लागि प्रतिनिधि सभा सांसद राजन केसीलाई खटाएका छन्। केसी आइतबार नै हेटौंडा पुगेका थिए।



कागजपत्र |
