
कैलालीमा अवैध हतियारसहित दुई युवक पक्राउ
कैलाली – कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र स्याउले प्रहरी बिटबाट खटिएको टोलीले दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।
प्रहरीले राजु चौधरीको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग बरामद गरेको हो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरमा गरिएको खानतलासीमा पनि एक नाल भरुवा बन्दुक फेला परेको जनाइएको छ।
दुईवटै भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
