आफूलाई धोका दिन लागेको भन्दै प्रेमिकाको हत्या


काभ्रे– आफूलाई धोका दिन लागेको थाहा पाएपछि एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।  रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीले आफूलाई धोका दिई अर्को युवकसँग नजिकिएको जनाउँदै हत्या गरेका हुन् ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या अभियोग लागेका सुनार सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे विस्तृत जानकारी दिइएको छ । प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् ।

जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले बताएका छन् ।

उनका अनुसार युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका–१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । युवती गत असार ३२ गतेदेखि नै हराएकी थिइन् ।

प्रतिक्रिया