प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कारको आरोपमा पक्राउ 


काठमाडौं — मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो । उनमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

 

प्रतिक्रिया