आफू निकटका सांसदहरुसँग डा. शेखर कोइरालाको छलफल


काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरुसँग छलफल गर्ने भएका छन् ।

नेता कोइरालाले आफू निकट सांसदहरुलाई दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बोलाएका हुन् ।

पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

प्रतिक्रिया