
आफ्नै गाडी ब्याक भएर किच्दा बानियाँको मृत्यु
रूपन्देही — दाङको लमहीमा आफ्नै गाडी ब्याक भएर च्यापिँदा एक युवाको मृत्यु भएको छ ।
लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाँको आइतबार बिहान गाडीको चपेटामा परेर मृत्यु भएको हो ।
बानियाँलाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ । बिहान गाडीको टायरमा राखिएको ओट (काठ वा ढुंगा) हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो ।
सोही क्रममा बानियाँ गाडीको चपेटामा परेका थिए ।
गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
