टिकटकमा अश्लीलता फैलाएको आरोपमा धनुषाबाट युवती पक्राउ


धनुषा – धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक भाषा प्रयोग गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी व्यक्तिको परिचय जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुनको रूपमा खुलाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आइतबार खातुनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जानकारी दिएको अनुसार उनले टिकटक लाइभमा अश्लील र अभद्र शब्द प्रयोग गर्दै समाजमा नकारात्मक प्रभाव पार्ने सामग्री सार्वजनिक गरेकी थिइन्।

उनको क्रियाकलापले सामाजिक सद्भावमा खलल पुग्ने देखिएपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो। अदालतबाट म्याद थप गराई हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया