मध्यरातमा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


रूकुमपश्चिम – जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेकाे जनाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार चन्द्रले सामान्य विवादका कारण खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

उनले घटनालगत्तै प्रहरीले घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको जनाए । घटनाबारे थप अनुसन्धान सुरू भइसकेको पनि उनले जनाए ।

 

प्रतिक्रिया