
सहायक रथी केसी उपरथीमा बढुवा
काठमाडौं — नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा पदोन्नति भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
हाल केसी नेपाली सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। उनलाई केही समयअघि सैनिक मुख्यालय जंगीअड्डाबाट उक्त जिम्मेवारी दिइएको थियो। यसअघि उनी सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको भूमिकामा थिए।
केसीले २०४७ सालमा अफिसर क्याडेटको रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए।



कागजपत्र |
