नवलपरासीमा बाबु र छिमेकीको हत्या, छोरा घरबाटै पक्राउ


परासी- नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ औरहियामा एक व्यक्तिले आफ्नै बाबु र छिमेकीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ११ बजेतिर ३५ वर्षीय खेमराज थारुले आफ्ना ५० वर्षीय बाबु दयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको कोदालो प्रहार गरेर हत्या गरेका हुन्।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।

हत्या अभियोगमा खेमराजलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गर्ने कारण भने खुल्न बाँकी छ।

प्रतिक्रिया