
झुटो प्रमाणपत्र पेश गरी नियुक्ति लिएका नासुविरुद्ध भ्रष्टाचार मुद्दा
डोटी- सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा नायब सुब्बा (नासु) पदमा कार्यरत पूर्णसिंह विष्टले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरीका आधारमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विष्टले भारतको उत्तर प्रदेशस्थित जीएनके इन्टरमीडियट कलेज, कानपुरबाट हाईस्कुल उत्तीर्ण भएको नक्कली प्रमाणपत्र पेश गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा कार्यालय सहायक पदमा नियुक्ति लिएका थिए।
त्यसै आधारमा उनले पद, लाभ र सुविधा समेत प्राप्त गरेको आयोगले जनाएको छ।
विष्टको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार अपराध ठहरिने हुँदा कैद र जरिवाना माग गर्दै आरोपपत्र दायर गरिएको हो।



कागजपत्र |
