जाजरकोट कारागारमा थुनुवा मृत फेला


जाजरकोट- जाजरकोट कारागारमा थुनामा रहेका एक युवक आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

भेरी नगरपालिका–१० निवासी २६ वर्षीय दीपक बुढा कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्तप्रसाद शर्माले जानकारी दिएका छन्।

उनी जबर्जस्ती करणी अभियोगमा २०८१ साल चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। मुद्दाको अन्तिम फैसला आउनु अगावै उनले आत्महत्या गरेका हुन्।

डिएसपी शर्माका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ। “मुचुल्का उठाउने र प्रमाण संकलनको कार्य भइरहेको छ,” उनले भने।

आत्महत्या गर्नुको कारण हालसम्म खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया