प्रदीप नेपालको पार्थिव शरीर पार्टी कार्यालयमा नराखिने, साँझ ६ बजे पशुपतिमा दाहसंस्कार


काठमाडौं — वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरीर अब नेकपा एमाले पार्टी कार्यालयमा राखिने छैन। यसअघि एमाले कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने तयारी गरिए पनि परिवारको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धाञ्जलीका लागि नराखिने अडान राखेपछि पार्टी नेताहरूले यस निर्णयमा पुनरवलोकन गरेका छन्।

प्रदीप नेपालको उपचारकै क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। परिवारका सदस्य महेश नेपालका अनुसार, प्रदीप नेपालको दाहसंस्कार आज साँझ ६ बजे पशुपति स्थित विद्युतीय शवदाह गृहमा गरिने तयारी छ।

प्रदीप नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए र उपचारका क्रममा नर्भिक अस्पतालको आईसीयूमा उपचार गरिरहेका थिए।

प्रतिक्रिया