सुर्खेतमा २६ वर्षीया प्रेमाको रहस्यमय मृत्यु, हत्या कि दुर्घटना ?


सुर्खेत– भेरीगंगा नगरपालिका–१२ को झिंगना नजिकैको जङ्गलभित्र एक युवतीको शव फेला परेपछि इलाकामा सनसनी फैलिएको छ। मृतकको पहिचान गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओलीको रूपमा पुष्टि भएको छ।

स्थानीयहरू खजुरी टिप्न जाँदै गर्दा खोल्सामा शव देखेपछि आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी महेन्द्र जङ्ग बुढाथापाका अनुसार, घटनास्थलको प्रकृति हेर्दा हत्या हुन सक्ने गम्भीर आशंका गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त अपराध अनुसन्धान कुकुर समेत झिकाएको छ। हालसम्म घटनाको कारण खुल्न सकेको छैन तर शवको पहिचान खुलेसँगै अनुसन्धान तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया