जग्गा विवादमा देउरानीले हानिन् जेठानीलाई बाउसो


मुगु- छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्।

मंगलबार घरेलु जग्गा विवादका कारण झगडा हुँदा देउरानी विमला बुढाले जेठानी दुर्गा ऐडिलाई टाउकोमा घरेलु हतियार बाउसो प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ। घाइते दुर्गा ऐडिको टाउको र अनुहारमा गहिरो चोट लागेको जनाइएको छ।

घरका ससुरा बाचुराम ऐडिका अनुसार जग्गा विवादले झगडा भएको थियो।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की विमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडिलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुराले बताए।

जेठानी दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरी उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया