धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर अवस्थामा


जनकपुरधाम — धनुषाको शहीदनगर नगरपालिका-५, यदुकोहामा विष सेवनका कारण एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ भने आमा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, आमा पविता साह (३०) गम्भीर अवस्थामा रहेकी छिन्  उनकाे अहिले प्रादेशिक अस्पताल जनकपुरधामको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सोमबार साँझ आमासहित बालबालिकाहरू घरमै विष सेवन गरेको अवस्थामा भेटिएका थिए । स्थानीयले तुरुन्तै सबैलाई अस्पताल पुर्‍याए पनि तीनै बालबालिकाको बाटोमै ज्यान गएको थियो।

प्रारम्भिक अनुसन्धानमा, घरेलु विवादका कारण आमाले आफ्नै तीन सन्तानलाई विष खुवाई हत्या गरी आफैंले पनि आत्महत्या गर्ने प्रयास गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया