दहचोक युवा समूहमा नयाँ नेतृत्व


काठमाडौं– चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित दहचोक युवा समूहमा नयाँ नेतृत्व चयन भएको छ। दहचोक युवा समूहको छैठौं– दसौं साधारणसभाबाट राजु गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

निर्वाचन अधिकृत शशीकुमार गिरीको संयोजकत्वमा समाजसेवी रोसन दानी र लक्ष्मण सिग्देल सदस्य रहेको निर्वाचन कमिटिले सफल निर्वाचनको सम्पन गराएको छ।

नयाँ कार्य समितिमा अध्यक्षमा राजु गिरी, उपाध्यक्ष मणिराम गिरी, सचिव जीवनकुमार गिरी, कोषाध्यक्ष पुर्णबहादुर गिरी, सदस्यहरुमा क्रमशः अनिता गिरी, राजेन्द्र गिरी, आत्माराम गिरी, दिपक गिरी, अनुप गिरी, राजन गिरी, रामभरोसा गिरी निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै दहचोकका वडाध्यक्ष राजेन्द्र केसीले सामाजिक रूपान्तरणमा दहचोक युवा समूहले पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै सामाजिक विकासमा युवाहरू एकताबद्ध रूपमा अगाडि बढ्न सके गाउँ समाजमा तिव्र रूपमा विकासको मुल फुट्ने बताए।

जनप्रतिनिधि विहिन राज्य व्यवस्थामा जनप्रतिनिधिहरूको निर्वाचित भएर आएसँगै सिंगो समाज विकास र परिवर्तनको रूप रेखामा अगाडि बढ्दै गइरहेको उनको भनाइ छ।

दहचोक युवा समूहका निवर्तमान अध्यक्ष किरण गिरीले लामो समयपछि नेतृत्व हस्तान्तरण गर्न पाउँदा प्रजातान्त्रिक मूल्य र मान्यतामा संस्था अझ सशक्त र समाज रूपान्तरणमा थप अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले आफ्नो कार्यकालमा समूहलाई नयाँ उचाई प्रदान गर्दै गतिशिलता दिने काम गरेको बताउँदै अब नयाँ कार्यसमितिले सशक्त रूपमा अग्रता कायम गर्नुपर्ने बताए।

नव निर्वाचित अध्यक्ष राजु गिरीले आफू निर्वाचित भएसँगै थप गहन जिम्मेवारी आफ्नो काँधमा आएको हुँदा युवाहरू सबै मिलेर दहचोकको थप सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्ने बताए।

दहचोक युवा समुहका सचिव जीवन गिरीले दहचोक युवा समूहले आम नागरिकहरूलाई निरन्तर एम्बुलेन्स सेवा मात्र प्रदान गरेको मात्र नभई आम नागरिकहरूको सेवा भावनाले शिक्षा, स्वास्थ र वातावरणसँग प्रत्यक्ष गतिविधिमा संलग्न रहँदै आइरहेको चर्चा गरे।

प्रतिक्रिया