बनमा सडेको अबस्थामा व्यक्तिको शव फेला


तुलसीपुर – तुलसीपुरको एउटा जंगलमा सडेगलेको अवस्थामा एक ब्यक्तिको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मातगाउँस्थित सिसाखानी सामुदायिक वन भित्र सडे गलेको अवस्थामा अन्दाजी ५०/५० बर्ष जस्तो देखिने एक पुरुष व्यक्तिको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उक्त शव आइतवार बेलुकी पख स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

झन्डै तीन हप्ता अगाडि मृत्यु भएको जस्तो देखिने शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको र हालसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको डिएसपी सिंहले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया