

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं- चैत १५ गते भएकाे राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।
तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।

