

सिरहाका सिडिओ मन्त्रालय तानिए

सिरहा- सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।
त्यहाँ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

