नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह


काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

३० वर्ष सेवा अवधि पुरा गरी निवर्तमान आईजीपी बसन्त कुँवर सोमबार रातिदेखि प्रहरी सेवाबाट अवकाश भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया