

काठमाडौंबाट करिब २५ करोड रकमसहित दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले विशेष अभियानअन्तर्गत काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बरामद रकमको मूल्य करिब २५ करोड रुपैयाँ छ ।
ना १ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको हो । प्रहरीले ट्रकका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बरामद रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायतका विदेशी मुद्रा रहेका छन् ।

