१२ बर्षीय बालिका बलात्कार गर्ने अभियुक्तलाई १८ वर्ष कैद


उदयपुर – १२ बर्षीय वालिका लाई बलात्कार गरेको अभियोग ठहर गर्दै जिल्ला अदालत उदयपुरले एक युवालाई १८ बर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदी को इजालसले बलात्कार कुसुरमा उदयपुरको उदयपुरगढी गाउपालिका ५ का २४ वर्षिय छबिलाल श्रेष्ठ लाई बिहीबार कैद सहित पिडीतलाई क्षतिपुर्ती बापत ७५ हजार रुपैया जरिवाना सहित कैदको सजाय आदेश दिएको हो ।

फैसलामा कुसुरदारबाट पिडीत राहत कोषमा दुई हजार दुईसय रुपैया भराउन आदेश भएको श्रे्रस्तदार धन बहादुर कार्कीले बताए ।

०७७ असार २४ गते बालिका लाई बलात्कार गरेको उजुरीमा प्रहरीले कसुरदारलाई पक्राउ गरेको थियो ।

अदालतले उनलाई साउन १८ गते पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया