इन्टरपोलको महासभामा सहभागी हुन बेलायत उडें प्रहरी महानिरीक्षण कुँवर


काठमाडौं-  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान संयुक्त राज्य बेलायत उडेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म हुने इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन कुँवर बेलायत उडेका हुन् ।

आफ्नो अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जिम्मा कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई दिएका छन् ।

नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि बेलायत प्रस्थान गरेका छन् ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू महासभामा सहभागी हुनेछन् ।

प्रतिक्रिया