६ हजार लिएर बालिकालाई वेश्यावृत्तिमा लगाउने तामाङ पक्राउ


काठमाडौं — काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका मालिक बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ परेका छन् ।

एक वर्षअघि नै जाहेरी परेपछि फरार रहेका बसपार्कस्थित निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङ पक्राउ परेका हुन् ।

उनले गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई वेश्यावृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार तामाङले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने एकजना ग्राहकबाट २ हजारदेखि ६ हजारसम्म लिने गरेका थिए ।

प्रतिक्रिया