

बैतडीमा प्रहरी हवल्दारलाई दाम्लोले बाँधियो, किशोरी बेपत्ता पारेको आरोप

बैतडी- बैतडीको पन्चेश्वर गाउँपालिका-२ स्थित महाकाली प्रहरी चौकी डिम्बरघाटमा कार्यरत प्रहरी हवल्दार कृष्णराज जोशीलाई स्थानीयहरुले दाम्लोले बाँधेर नियन्त्रणमा लिएका छन् ।
स्थानीय अन्दाजी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा ती प्रहरी हवल्दारलाई स्थानीयले बाँधेर नियन्त्रणमा लिएको बुझिएको छ । प्रहरी हवल्दारलाई भारतपट्टीबाट नियन्त्रणमा लिइएको हो ।
अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको छ ।
स्थानीयका अनुसार हिजो दिउँसोबाट ती किशोरी बेपत्ता छिन् । यस विषयमा थप विवरण आउँन बाकी छ ।

