८ किलो सुनसहित हेटौँडाबाट २ जना पक्राउ


मकवानपुर – मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सो परिमाणको सुन सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।

एसपी खड्काका अनुसार असोज १९ गते बिहानको ३ः०० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।

प्रतिक्रिया