अवैध बाटो हुँदै अमेरिका जान लागेका नेपालीसहित ६ जना ग्वाटेमाला सीमामा मारिए


काठमाडौं- अवैध बाटो हुँदै अमेरिका हिँडेका नेपालीसहित इजिप्ट, क्युबा, भारत र पाकिस्तानका ६ आप्रवासी  ग्वाटेमाला सिमानामा मारिएका छन् ।

मेक्सिकन सैनिकको गोली लागेर उनीहरूको मृत्यु भएको हो । मेक्सिकन सेनाले ट्रकमा गोलाबारी गरेको बताइएको छ । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो ।

आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजकाे समाचारहरूमा उल्लेख छ ।

गाडीमा हतियार ल्याएको आशंकामा मेक्सिकन प्रहरीले गोली चलाएको बताइएको छ ।

प्रतिक्रिया