सूर्यदर्शनको तीन करोडभन्दा बढी अपचलन गर्ने लिला पछाई पक्राउ


काठमाडौँ- कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीकी लीला पछाई छिन् ।

पछाईले उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया